काठमाडौं । सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
राष्ट्रियसभा सदस्यहरूले छलफलमा उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिएपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नीति तथा कार्यक्रम निर्णयार्थ पेश गरेका थिए । सत्तापक्षीय सांसदले यसको समर्थन गरे भने नेकपा एमालेसहित विपक्षी दलले विरोध गरेका थिए ।
सत्तापक्षको बहुमत भएकाले नीति तथा कार्यक्रम पारित भएको हो । सांसदहरु तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा।विमाल राई पौडेलले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।