काठमाडौं । जनता समाजवादी पार्टीका वीरेन्द्रप्रसाद महतो वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका छन् । मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा वातावरणमन्त्रीमा महतो र शिक्षा‚ विज्ञान तथा प्रविधि राज्यमन्त्रीमा जसपाकै प्रमिला कुमारीलाई नियुक्त गरेका हुन् ।

प्रचण्डले ११औं पटक मन्त्रिपरिषद् विस्तार गरेसँगै बल्ल सरकारले पूर्णता पाएको छ । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here