काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली भूमिको रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभामा नीति तथा कार्यक्रमबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले लिम्पियाधुरा, कालापानी, लिपुलेक नेपाली भूमि हो भन्ने कुरामा सरकार प्रष्ट रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आफूलाई सत्ता पक्ष र प्रतिपक्ष दुवैले साथ दिएको बताए। उनले गत पुस १० मा सरकार बनेपछि सत्ता पक्ष र प्रतिपक्ष दुवैको साथ पाएको बताएका हुन्।
‘सत्ता पक्ष र प्रतिपक्ष दुवैले समर्थन गरेको प्रधानमन्त्री हुँ म। यस्तो प्रधानमन्त्री सितिमिति भेटिँदैन’, प्रधानमन्त्री प्रचण्डले भने, ‘९९।२५ प्रतिशत सांसदले समर्थन गरेको प्रधानमन्त्री भएको हुँ । त्य ही प्रधानमन्त्रीले नीति तथा कार्यक्रम र बजेट ल्याउँदैछु ।’