काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन काभा महिला च्यालेन्ज कपमा सेमिफाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद राखेपको कभर्डहलमा बुधबार भएको समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भारतसँग ३९१ को सेटमा पराजय भोगेको हो ।
यससँगै नेपाल समूह ‘ए’ को उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार हुने सेमिफाइनलमा नेपालले अब समूह ‘बी’ को विजेता काजकिस्तानविरुद्ध खेल्ने छ भने उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।
नेपालले यसअघि कीर्गिस्तान र बंगलादेशमाथि जित हात पारेको थियो । नेपालविरुद्धको जितपछि ३ खेलबाट ८ अंक जोड्दै भारत समूहको शीर्षमा रह्यो भने ३ खेलबाटै नेपाल ७ अंक जोडेर दोस्रो स्थानमा र प्रवेश गरेको हो ।


























