काठमाडौं । कम्बोडियाबाट औद्योगिक धुलोको नाममा सुर्ती आयात गरीएको पाइएको छ । कम्बोडियाबाट भारत हुँदै वीरगन्ज सुक्खा बन्दरगाह आएको दुईवटा कन्टेनर जाँचपास गर्ने क्रममा औद्योगिक धुलो घोषणा गरि सुर्ती आयात गरीएको पाइएको हो ।

भन्सार जाँचपासका क्रममा औद्योगिक धुलो घोषणा गरिएको ती कन्टेनरमा सुर्तीलगायत अन्ताशुल्कजन्य सामान भेटिएको भन्सार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नाकामा कैफियत देखिएका दुईवटै कन्टेनरमा एकै प्रकृतिका सामान आयात भएको छ । त्यस्तै, अनुसन्धानकै क्रममा भएकोले भन्सार कार्यालयले आयातकर्ताको नाम भने खुलाएको छैन ।

यसरी सुर्तीलाई औद्योगिक धुलो भनी स्वघोषणा गर्ने आयातकर्तालाई ७ करोड ७५ लाख रुपैयाँ जरिवाना गर्ने कार्यालयको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हाल दुवै कन्टेनर र सामान भन्सार कार्यालयले जफत गरेको छ । यद्यपी सामान बरामद भईसक्दा पनि भन्सार कार्यालयले अनुसन्धानमा भने ढिलाई गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here