सिन्धुली । सिन्धुलीमा सर्पको टोकाइबाट दुई बालकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका वडा न.१ स्थित गणेश पाहाडीको १३ वर्षीय छोरा ग्रिस पाहाडी र ४ वर्षीय छोरा ग्रिस्म पाहाडीको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
सोमबार बेलुका घरको एकै कोठामा सुतिरहेको अवस्थामा घरको झ्यालबाट सर्प भित्र पसेर उनीलाई डसेको थियो । सर्पले डसेको बालकहरूको प्राथामीक अस्पतालले उपचार सम्भव छैन भने पश्चात् बर्दिबास र जनकपुर लैजाने क्रममा मंगलबार बिहान मृत्यु भएको दुधौली नगर प्रमुख दिनेश अधिकारीले सेभेन स्टार फोके टेलिभिजनलाई जनाकारी दिएका छन् ।
उनका अनुसार मृतक ग्रिसको बायाँ हातको साहिँली औंलामा र ग्रिस्मको बायाँ खुट्टाको बुढी औंलाको बिच भागमा सर्पले डसेको निलडाम छ ।


























