धादिङ । धादिङमा भिरबाट लडेर आमा छोराको मृत्यु भएको छ । धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर २ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो ।
धादिङ प्रहरीका अनुसार सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको थियो ।
            
	
























