काठमाडौं । नेपाल र भारतबीच सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा विहीबार नेपाल र भारतबीच सम्झौतामा हस्ताक्षर भएको हो ।
तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।
यस्ता छन् नेपाल र भारतबीच भएका सम्झौता….
-नेपाल भारत पारवहन सम्झौता नवीकरण
-सिमापार पेट्रोलियम पाइपलाइनलाई अमलेखगञ्जबाट चितवनसम्म ल्याउने र सिलिगुडीबाट झापा सम्म पुर्याउने
(परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुषामा स्वराज इन्सटिच्यूटबीच सहकार्य गर्ने
-चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने
-तल्लो अरुणको पिडिए गर्ने
-फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने
-डिजिटल पेमेन्ट सम्झौता