काठमाडौं । भारतले नेपालबाट वार्षिक १० हजार मेगावाट विद्युत खरिद गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्षमा १० हजार मेगावाट विद्युत किन्ने, एक मलकारखाना सञ्चालनका लागि भारतले सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल र भारतबीच ७ सम्झौतामा हस्ताक्षर भएको छ । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायतका समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here