काठमाडौं । सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ५ का वडाअध्यक्ष सब्दुल मियाँ ५० हजार रुपियाँ घुससहित नियन्त्रणमा परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भवन निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाको आधारमा आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले वडाअध्यक्ष मियाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here