काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू भागका एक दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।
राति भने कोशी प्रदेशको पहाडी भू(भागका एक दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आगामी केही दिनसम्मको तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्ने छ । तराई भू-भागहरूमा आगामी पाँच दिनसम्म तातो हावा तथा ुलूुको सम्भावना यथावत् रहने देखिएकोले सो बाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।
महाशाखाले अझै केही दिन देशका धेरैजसो भूभागमा तापक्रम क्रमिकरूपमा बढ्दै जाने जनाएको छ । महाशाखाले विशेषगरी तराई–मधेशमा जेठ २८ सम्म तातो हावा तथा ‘लू’को सम्भावना रहने बताएको छ । मौसमविद् गोविन्द झाका अनुसार बिहीबार पूर्वको विराटनगरदेखि पश्चिम नेपालगञ्जसम्मको तापक्रम ४२ डिग्री सेल्यिससम्म पुग्ने सम्भावना छ। यसअघि हिजो सबैभन्दा बढी जनकपुरको तापक्रम ४२.२ डिग्री सेल्सियससम्म मापन भएको थियो ।
यस्तै नेपालगञ्जमा ४१.६ डिग्री सेल्सियस र भैरहवामा ४१।८ डिग्री सेल्सियस मापन भएको थियो । यस्तै काठमाडौंको उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान रहेको छ । बिहीबार पहाडी भूभागका थोरै एकदुई स्थानमा क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।