जेठ २६ – राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे आज सवोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा पेसी तोकिएको छ ।

वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यही जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश मनोज शर्माको एकल इजलासको सो आदेशपछि नागरिकता ऐन कार्यान्वयनमा अंकुश लागेको छ ।

उक्त मुद्दामा अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय गर्न सर्वोच्चले दुवै पक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here