काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोप्य कागजातसँग सम्बन्धित मुद्दा चलाइने भएको छ । ट्रम्पमाथि ह्वाइट हाउस छोडेपछि गोप्य दस्तावेजहरूको व्यवस्थापनलाई लिएर औपचारिक रूपमा अभियोग दायर भएसँगै मुद्दा चलाइने भएको हो । ट्रम्पले सयौं गोप्य दस्तावेज आफूसँग राखेको आरोप छ ।

सञ्चारमाध्यमहरूका अनुसार ट्रम्पले कैयौँ आरोप सामना गरिरहेका छन् । जसमा न्यायमा बाधा पुर्‍याएको, षडयन्त्र गरेको र गलत वक्तव्य दिएको लगायतका छन् । उनलालाई आगामी मंगलबार अदालतमा उपस्थित हुन भनिएको छ ।

यता उनीविरुद्ध नयाँ मुद्दा दर्ता भएपछि ट्रम्पले यसप्रति असन्तुष्टि व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा एक पोस्टमा ट्रम्पले लेखेका छन्, ‘अमेरिकी पूर्व राष्ट्रपतिसँग यस्तो घटना हुन्छ भनेर उनले कहिल्यै सोचेका थिएनन् अहिलेसम्मका सबै राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी मत प्राप्त गर्ने र वर्तमान राष्ट्रपतिभन्दा अझै पनि लोकप्रिय व्यक्तिलाई यो भइरहेको छ । म निर्दोष छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here