काठमाडौं। काठमाडौंको त्रिभुवन विमास्थल नजिकै गोली चलेको छ । आइतबार बिहान लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले लागू औषधका कारोबारीमाथि गोली प्रहार गरेको हो ।  केन्द्रीय प्रवक्ता कुवेर कडायतले विमानस्थल नजिकैको सिनामंगल स्थित शम्भु मार्गमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा  व्युरोको टोलीले गोली चलाएको  हो ।  

लागू औषधका कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि गोली चलाएपछि प्रहरी जवाफी फायरिङ गरेको हो  । प्रहरीको गोली लागेर घाइते भएका विकास भगवत उपचारको लागि केएमसी अस्पताल लगिएको छ ।  निजको साथबाट केही मात्रामा लागू औषध पनि बरामद भएको एसपी जोशीले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here