काठमाडौ। उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको ३८ हजार बढी कित्ता सेयर आइतबारबाट बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक सेयरधनीको नाममा रहेको ३८ हजार ९९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो। यो सेयरमा विद्यमान सेयरका साथै जोकोही योग्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० भागले संख्यामा खरिद आवेदन दिन सकिनेछ।  

इच्छुक लगानीकर्ताले आउँदो असार ३ गतेसम्म खरिद आवेदन दिन सक्नेछन्। खरिद आवेदन धितोपत्र बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको काठमाण्डौको लाजिम्पाटस्थित कार्यालयमा बुझाउनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here