काठमाडौं । केही समय अघी चर्चा कमाउन सफल रहेको ‘धुरु धुरु’ गीतको चाईल्ड भर्जनमा सार्वजनिक भएको छ । गीतकार तथा साहित्यकार बिमला हुँमागाई ९बोध श्री० को सजृनामा रहेको उक्त गीतको चाईल्ड भर्जन चर्चित बाल गायक सुप्रिम मल्लको स्वरमा सार्वजनिक भएको हो ।
पछिल्लो समय नेपाली सांगितिक बजार संगीतमय बन्दै गएकाले एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढ्दै छ । गीतमा बहुप्रतिभाशाली ब्यक्ति डि।आर सुजनको थेगो र संगीत रहेको छ ।
गीतको भिडियोमा बिमला हुँमागाई ९बोध श्री० को निर्देशन, सुरेश श्रेष्ठको छायांकन, बिबेक सुनारको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुप्रिम मल्ल ठकुरी, बिदान मैनाली, सागर, बोध श्री आदीको अभिनय रहेको छ । यस गीतलाई बोध अनलाईन टिभीबाट सार्वजनिक गरिएको हो ।