काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा समस्या देखिएको छ । मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनमा हृदयाघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको छ ।
राष्ट्रपति पौडेललाई बिहान ७ बजे अस्पताल लगिएको र एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइएको उनकाे सचिवालयका एक सदस्यले बताए ।