OLYMPUS DIGITAL CAMERA

काठमाडौं । बेनी जोमसोम सडक सोह्र घण्टा पछि खुलेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा रहेको कल्भर्ट पुल बाढीले बगाउँदा सडक अवरुद्ध भएको थियो । मङ्गलबार राति करिब १० बजेबाट अवरुद्ध बनेको सिधा यातायात आज दिउँसो दुई बजेटबाट सुचारु भएको अन्नपूर्ण–२ का वडा अध्यक्ष ओम फगामीले जानकारी दिनुभयो । उहाँका अनुसार कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुनेगरी मर्मत गरेपछि सडकमा यातायात सुचारु भएको हो ।

सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सुचारु भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन् । गत जेठ ६ गते रातिको बाढीले भुरुङ्ग–तातोपानीमा रहेको ३ मिटर लामो कल्भर्ट पुल भत्काएको थियो । पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायी रूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो । मङ्गलबार राती वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेको थियो । यसैबीच बाढीले भुरुङतातोपानी बजारमा वितरण हुने खानेपानीको पाईप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ ।

करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब ५ सय मिटर बढी पाईपलाईन क्षति भएको छ । गाउँपालिकाले पाईप बगाएको ठाउँमा अर्को पाईपको बन्दोबस्त गर्नेगरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन् । बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here