काठमाडौं। विभिन्न राजनीतिक दल आवद्ध रहनेगरी गठन गरिने समाजावादी मोर्चा नेपालको सोमबार घोषणा हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आइतबार बसेको दलहरुको बैठकले सोमबार मोर्चाको घोषणा गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

माओवादी केन्द्र, एकीकृत समाजवादी नेपाल, जसपा र नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा सम्मिलित हुने मोर्चाको सोमबार घोषणा हुने भएको हो ।  उक्त मोर्चाको आलोपालो नेतृत्ज गर्ने सहमति भएको नेताहरु बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here