काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवाद संसदीय अंकगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु नभएको प्रतिक्रिया दिएका छन् ।

एकीकृत माओवादीसहितका चार दलले समाजावादी मोर्चा घोषणा गरेलगत्तै भट्टराईले समाजवाद उदार विचार, उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण भएको बताएका छन् ।

‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी शक्तिहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्’, उनले लेखेका छन्,‘केहीलाई सधैँ र धेरैलाई केहीबेर ठग्न सकिन्छ, तर सबैलाई सधैं ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here