काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत वेष्ट इण्डिजविरुद्ध ३४० रनको लक्ष्य पछ्याएको नेपालको पाँचौ विकेट गएको छ । टिमको स्कोर ९२ रन हुँदा कुशल मल्ल ६ रनमा आउट भएका हुन् । उनलाई अकेल होसिनले केयु कार्टीको हातबाट क्याच आउट गराए ।

यसअघि कप्तान रोहितकुमार पौडेल ३०, आसिफ शेख २८, भीम सार्की २ तथा कुशल भुर्तेल ५ रनमा आउट भएका थिए । आफ्ना ५ जना ब्याटर आउट भएपछि नेपाल दबाबमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here