काठमाडाैँ।आसेजद्वारा १४ गते बिहिवार वृहत् सरसफाई कार्यक्रम आयोजना भएको छ । करीब तीनसय जना आसेजका स्वयंसेवकहरुले काठमाडौँ गोकर्णेश्वरको बागमती करिडोर मकलबारी क्षेत्रको वरपर सरसफाई गर्नुभएको थियो । कार्यक्रम विहान ७ः३० बजेदेखि शुरु भएर १० बजेसम्म चलेकोे थियो । जसमा स्वयंसेवकहरुले आफ्नो शरीरको मतलबै नगरी यत्रतत्र छरिएका फोहोरहरु हातले टिपेर संकलन गर्नुभएको थियो । छाेटाे अवधिमै एक ट्रकभन्दा बढी फोहोर उठाएर सदस्यहरुले महानगरलाई बुझाउनुभएको थियो । 

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा प्रतिनिधि सभा सदस्य माननीय उर्मिला माझी उपस्थित हुनुहुन्थ्याे भने समाजका अरू प्रतिष्ठित व्यक्तित्वहरूकाे पनि बाक्लाे सहभागीता रहेकाे थियाे । कार्यक्रममा आफ्नो धारणा राख्दै माननीय माझीले सरसफाइ बिना पृथ्वीलाई यतिकै छोडिदियौँ भने मानव बसोबास योग्य नहुने कुरा व्यक्त गर्नुभएकाे थियाे । वहाँले ‘हामीले नगरे कसले गर्ने ?’ अनि राम्राे काम जसले गरेतापनि असल कार्यमा आफ्नो पुर्ण समर्थन रहने बताउनुभयाे ।  वहाँले अहिलेको युवापुस्ता आमाबुबाले भनेको नमानेर गलत बाटोमा अग्रसर भएकाे देख्दा  आफुलाई चिन्ता लाग्ने गरेकाे तर आसेजका विश्वविद्यालय अध्ययन गर्ने विद्यार्थीहरुले समाजमा छाप छाेड्ने असल कार्य गदेकाे देख्दा आफ्नो सोचाईमा परिवर्तन आएकाे बताउनुभयाे ।

त्यस्तै बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी प्रमुख उद्धव प्रसाद तिमिल्सिनाले आसेजले गरेको कार्य आफैमा सह्रानीय रहेकाे कुरा व्यक्त गर्नभयाे । त्यस्तै अर्का अतिथी गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक कुमार रिजालले युवा शक्तिलेनै देश बदल्न सक्ने भएकोले आसेजको कार्यले नेपाल एक दिन सफा सुन्दर र हराभरा नेपालमा परिवर्तन हुने कुरामा आफु विश्वस्त रहेकाे बताउनुभयाे।

कार्यक्रममा उपमेयर सान्नानी लामा, गोकर्णेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष नन्द लाल श्रेष्ठ, पत्रकार महासंघका महासचिव सन्तोष पौडेलकाे पनि सहभागीता रहेकाे थियो । आसेजले विश्वभरी बढ्दै गइरहेको कार्बन उत्सर्जन न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्ने गरेको र यस किसिमको मानवहितको गतिविधिचाहिँ मानवजातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई  सुरूदेखि अन्त्यसम्म बचाऔं  (SAVING the EARTH From A TO Z) भन्ने परियोजनाका केही अंश हुन् । आसेजले अपराध रोकथाम (Crime Prevention)  समाजकल्याण (SOCIAL WELFARE) वातावरणीय संरक्षण (ENVIRONMENTAL PRESERVATION) र  आकस्मिक राहत (EMERGENCY RELIEF) प्रदान गर्दछ।

ASEZ परमेश्वरको मण्डलीसँग सम्बद्ध छ । परमेश्वरको मण्डली, विश्वका १७५ देशहरूका ७,५०० भन्दा बढी क्षेत्रहरूमा अवस्थित एक वैश्विक मण्डली हो। परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । परमेश्वरको मण्डलीले कोरियामा मात्र नभएर आमाको मनद्वारा विश्वभरिनै पिछडिएका छिमेकीलाई रक्तदान अभियान र मानवीय सेवा गर्ने जस्ता गतिविधिहरू गर्दैआएको छ। यसरी सक्रिय स्वयंसेवा कार्य गरेबापत परमेश्वरको मण्डली कोरिया, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र ब्राजिलका सरकारी तथा गैर-सरकारी संस्थाहरूगरी ३,८००भन्दा बढी मेडल, प्रशंसापत्र र कदर पत्रद्वारा सम्मानित पनि भएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here