काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले हनुमानढोका क्षेत्रको मौलिकता र सौन्दर्य जोगाउन यहाँ सवारीसाधन निषेध गरिएको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमा लेखेर उनले हनुमानढोका र वसन्तपुर क्षेत्र परिसरको वातावरण शान्त र सुरम्य हुनुपर्ने भन्दै यसैका लागि सवारीसाधन निषेध गरेको प्रतिक्रिया दिएका छन्।

‘वसन्तपुर हनुमानढोका यसमध्येकै एक हो, जहाँ दिनमा हजारौँ पर्यटकहरू आउने र लाखौँ आउन सक्ने सम्भावना छ। यिनीहरुको मौलिकता, सौन्दर्य र परिसरको वातावरण शान्त, स्वच्छ र सुरम्य हुन अत्यावश्यक छ’, उनले लेखेका छन्, ‘यसैले हनुमानढोका परिसर भित्र सवारी साधनहरुलाई निषेध गरिएको छ।’

उनले काठमाडौं पहिचान भनेकै यहाँका सम्पदा भएको उल्लेख गरेका छन्। ‘विश्वलाई गौरवसाथ देखाउन सक्ने, हामीले शानसँग व्यवसायीकता अंगाल्न सक्ने भनेकै यिनै सम्पदा र यिनको प्राचीन मौलिकता पनि हुन्’,साहले लेखेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here