लमजुङ। झाडापखलाले लमजुङमा एक बालककाे मृत्यु भएकाे छ । मर्स्याङ्दी गाउँपालिका-२ घनपाेखरा भाचे भदाैरेका ६ वर्षका सन्दिप परियारकाे झाडापखलाबाट मृत्यु भएकाे हाे। बालकलाई साेमबारदेखि झाडापखला लागेकाे आममा सीमा विकले जानकारी दिइन् । विरामी बालकलाई मंगलबार विहान उपचारका लागि खुदी स्वास्थ्य चाैकी ल्याउँदै गर्दा बाटाेमा मृत्यु भएकाे उनले बताइन् । 

`बाबु हिजाेदेखि झाडापखलाले बिरामी थियाे । घरमा जीवनजल थिएन, खुवाउन पाइएन´, सीमाले भनिन, `बिहान औषधि गर्न ल्याउँदाल्याउँदै काखैमा बित्याे ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here