काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती भएको प्रतिक्रिया दिएका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्रीप्रति संसदमा प्रतिपक्षको आक्रोश स्वाभाविक नै भएको प्रतिक्रिया दिएका छन् । ‘प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ’, उनले भनेका छन्, ‘सत्तारूढले नै प्रश्न गरेका छौं, प्रतिपक्षको त मूल कर्तव्य नै हो ।’

शर्माले नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्ने हो भन्दै मित्रराष्ट्रलाई मित्रताकै सिमामा राख्ने कर्तव्य प्रधानमन्त्रीकै भएको समेत बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सार्वजनिक कार्यक्रममा ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह पटक–पटक दिल्ली धाएको’ अभिव्यक्ति दिएका थिए ।

यससँगै प्रतिपक्ष एमालेले बुधबार संसद्का दुवै सदनमा विरोध जनाउँदै बैठकमा अवरोध गरेको थियो । सामाजिक सञ्जालमा समेत प्रधानमन्त्रीको चर्को आलोचना भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here