काठमाडौं । काठमाडौं जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गरेपछि अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले भावुक हुँदै आफूले लडाइँ जितेको बताएकी छन् । इन्स्टाग्राममा एक भिडिओ सार्वजनिक गर्दै उनले भनेकी छन्, ‘मान्छेले आफ्नो कुरा बोल्न पाउने रहेछ ।’

अभिनेत्री शाहविरुद्ध अभिनेता भुवन केसीले १० करोड क्षतिपूर्ति माग गर्दै गाली बैज्जतीको मुद्दा हालेका थिए । उक्त मुद्दा उपर अदालतले दाबी नपुगेको फैसला गर्दै शाहको पक्षमा आज फैसला सुनाएको थियो ।

इन्स्टाग्रामको भिडिओमार्फत केसीले आफूलाई कति पावरफूल छु भनेर देखाउन खोजेको तर अदालतले त्यसलाई बदर गरिदिएको बताएकी छन् । उनले थप भनेकी छन्, ‘मेरो फिल्मी करियरको यात्रा बडो गज्जबको थियो । तर, यात्राका क्रममा यस्तै भयो । तैपनि कसैलाई हर्ट गर्ने मेरो नियत भने थिएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here