धनगढी । कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका–४ गोदावरीबाट २३० मिलीग्राम लागूऔषधसहित कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियाका २१ वर्षीय भुवन भट्ट पक्राउ परेका हुन् ।
अत्तरियाको मोबाइल ग्यालरीबाट मोबाईल चोरी भएको निबेदनको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिइएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा उनको साथबाट लागूऔषधसहित एनरोइद मोबाइल ४ थान, बट्टन मोबाइल १ थान, नगद रकम १० हजार र बैंक अफ काठमाडौंको तिन वटा चेक फेला पारी पक्राउ गरेको हो ।
यस्तै टिकापुर नगरपालिका वडा नम्बर–९ खैरीपुरबाट १ ग्राम ७० मिलिग्राम लागूऔषधसहित टिकापुर–१ का २८ वर्षीय लक्ष्मण रावललाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले शंकालागि चेकजाँच गर्दा रावलको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।


























