काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।जसअनुसार आज ठुलो नेपाली गोलभेडा, लोकल गाजर, हाइब्रीड सिमी, रायोको साग र ब्रोकाउली प्रतिकेजी ८५ रुपैयाँ, लोकल सानो गोलभेडा ३० रुपैयाँ ७५ पैसा, टनेल गोलभेडा ५४ रुपैयाँ २० पैसा, रातो आलु ४७ रुपैयाँ, भारतीय रातो आलु ३५ रुपैयाँ ६७ पैसा, मुडेको रातो आलु ३९ रुपैयाँ २० पैसा, सेतो आलु ३५ रुपैयाँ ५० पैसा रहेको छ ।

यस्तै, सुकेको भारतीय प्याज ४९ रुपैयाँ, लोकल बन्दा १२ रुपैयाँ ५० पैसा, स्थानीय काउली ८३ रुपैयाँ ३३ पैसा, रातो मूला, चिचिण्डो, तितो करेला, रुख कटहर र डल्ले हरियो फर्सी प्रतिकेजी ४५ रुपैयाँ, लोकल सेतो मूला २२ रुपैयाँ ५० पैसा, लाम्चो भन्टा ५५ रुपैयाँ रहेको छ ।

यसैगरी, मकै बोडी, लोकल घिउ सिमी, भटमासकोशा, न्यूरो, चुकुन्दर, गान्टे मूला र कलकत्ते आँप ७५ रुपैयाँ, तने बोडी ५४ रुपैयाँ, राजमा घिउ सिमी ११५ रुपैयाँ, टाटे सिमी र भारतीय मेवा ९५ रुपैयाँ पर्नेछ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here