बुटवल । कपिलवस्तुको शिवराज नगरपालिकाको आधारभूत स्वास्थ्य सेवा अस्पतालका प्रमुख लेखनाथ पौडेलले आफ्नो कार्यालयकी कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ
रात्रिकालीन ड्युटीमा रहेका महिला कर्मचारीलाई कार्यालय प्रमुख पौडेल र उनका साथी भुवन पाण्डेयले मदिरा सेवन गरी यौन दुर्व्यवहार गरेपछि प्रहरीले जबरजस्ती करणी उद्योग जाहेरी दर्ता गरेको छ । आरोपित दुवै जना सम्पर्कविहीन रहेका छन्।
यौन दुव्यवारको आरोप लागेपछि प्रमुख पौडेललाई नगरपालिकाले नै जिम्मेवारीबाट हटाएको छ । आरोपित स्वास्थ्यकर्मीलाई जिम्मेवारीबाट हटाएको मेयर अजय थापाले बताए। उनले छानिबन गरी दोषीलाई कारबाही गरिने बताए।
गत साउन १ गते मात्रै पौडेललाई सो अस्पताल प्रमुखको जिम्मेवारी दिइएको थियो। प्रहरी थप कानुनी प्रक्रिया अगाडि बढाउने जनाएको छ ।


























