काठमाडौँ । राष्ट्रिय जनमोर्चाले   साम्राज्यवादी शक्तिहरूले नेपालमा विभिन्न जातजातिका बिच द्वन्द्व र अन्तर्विरोध पैदा गराएर एक आपसमा लडाएर भिडाएर नेपालको सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्नका लागि विभिन्न षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।पूर्वका केही जिल्लाहरूमा बिग्रँदो सामाजिक सद्भावप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताउँदै पार्टीले ती जिल्लाका स्थानीय विभिन्न धर्मावलम्बी तथा जातजातिका स्थानीय बासिन्दाहरूले आपसी सामाजिक सद्भाव कायम राख्न र त्यसलाई बिथोलिन नदिन अपिलसमेत गरेका छ। 

पार्टी अध्यक्ष चित्रबहादुर केसीले भनेका छन्, ‘नेपाल एउटा बहुधर्म, बहुभाषा तथा बहुसंस्कृति भएको मुलुक हो । यिनीहरूका बीचको आपसी एकताद्वारा नै नेपालको राष्ट्रिय एकता र अखण्डताको रक्षा गर्न सकिने छ ।  नेपाललाई विखण्डनको दिशामा लैजाने साम्राज्यवादी षड्यन्त्रका विरुद्ध सतर्क हुनुपर्नेमा जोड दिन्छौँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here