काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा परेको छ । काठमाडौँ  जिल्ला अदालतमा जारी मुद्दामा आइतबार अन्तिम सुनुवाइ दाबी गरिएको छ । न्यायाधीश पण्डित रहेका इजलास नम्बर १५ मा लामिछानेको मुद्दा पेसीमा चढेको छ भने उनको मुद्दा पेसी सूचीको पाँचौँ नम्बरमा परेको छ । 

यसअघि न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ र उनको आमाको समेत उमेर विवाद देखिएको भन्दै गत साता गौशाला २६ को परिवारले बसाईसराई गर्दा पेश गरेको कागजातको प्रमाणित प्रतिलिपि र उनकी आमाको उमेर खुल्ने कागजात अदालतमा पेश गर्न आदेश दिएका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here