काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले अबको ८ महिनाभित्र महाधिवेशन गर्ने बताएका छन् । शुक्रबार नेपाल तरुण दल सिन्धुपाल्चोक कार्यसमितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले भने, ‘नेपाल तरुण दलको अबको आठ महिनाभित्र हामी महाधिवेशन गर्ने नै छौँ । अब हामीले काम गर्ने समय भनेको जम्मा आठ महिना हो ।’
गुरुङले कांग्रेसलाई बचाउन इतिहासलाई स्मरण गर्नुपर्ने बताएका छन् । उनले भने, ‘कांग्रेसलाई चोट पुगेको छ । त्यो कसैको कारणले होइन । हाम्रो कारणले हो । हामी हाम्रो नेतालाई सम्मान गर्न जान्दैनौँ । हाम्रो इतिहाँसलाई स्मरण गर्न चाहँदैनौँ ।’