काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरिएको छ। बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबबाट बाहिरिने क्रममा सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार कार्यक्रमबाट निस्कने क्रममा नुवाकोट जिल्ला बिदुर नगरपालिका–७ बस्ने ४७ वर्षीय श्यामबाबु सापकोटाले पछाडिबाट आक्रमण गरेका हुन् ।