काठमाडौं ।  एसियाकप क्रिकेटअन्तर्गत सुपर- ४ को दोस्रो खेलमा शनिबार श्रीलंका र बंगलादेश प्रतिस्पर्धा गर्दैछन्। दिउँसो ३:१५ बाट कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने खेलमा श्रीलंका लगातार १३ एकदिवसीय खेलमा जित निकाल्ने लक्ष्यमा हुँदा बंगलादेश भने सपुर-४ मा पहिलो जितको खोजिमा हुनेछ।

बंगलादेश यसअघि आफ्नो सुपर-४ को पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। श्रीलंकाको भने यो सुपर-४ मा पहिलो खेल हो। दुवै टिम समूहचरणको खेलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गरेका थिए। पल्लेकेले मैदानमा श्रीलंकाले बंगलादेशलाई ५ विकेटले हराएको थियो।

श्रीलंका पछिल्ला १२ एकदिवसीयमा जित निकालेकाले आत्माविश्वासी देखिएको छ। यदि श्रीलंकाले यो खेल जितेमा उसले लगातार १३ एकदिवसीय अन्तर्राष्ट्रियमा जित हासिल गर्नेछ। यो उपलब्धि हासिल गरे श्रीलंका अस्ट्रेलियापछि लगातार १३ एकदिवसीय जित्ने टिम बन्नेछ। अस्ट्रेलियाले २००३ मा लगातार २१ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here