काठमाडौँ। चितवन जिल्लामा महायोगी पाइलट बाबाको ५ दिने आध्यात्मिक शिविर सञ्चालन हुने भएको छ। हरिद्वारस्थित पायलट बाबा आश्रम र महायोग फाउन्डेसनबाट प्राप्त जानकारी अनुसार आउँदो मंसिर ८ (नोभेम्बर २४) गतेदेखि मंसिर १२ गतेसम्म (नोभेम्बर २८) सम्म चितवनको ‘लेक ट्वेन्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट रिसोर्ट’मा आध्यात्मिक शिविर हुने भएको हो।
पाइलट बाबाको यो ध्यान-योग तथा समाधि विषयक आध्यात्मिक शिविर ‘भिजिट चितवन २४’ को पूर्वसन्ध्यामा भइरहेको छ। चितवन महानगरपालिकाले आगामी वर्ष २०२४ लाई ‘भिजिट चितवन’ वर्षका रूपमा मनाउने घोषणा गरेको छ।
पाइलट बाबाको मंसिर ६ गतेदेखि हुने नेपाल भ्रमणमा बाबाको शिष्याद्वय महामण्डलेश्वर योग माता चेतना, महामण्डलेश्वर योग माता श्रद्धासाथै शिष्या सावित्री तथा थुप्रैको सहभागिता रहनेछ। यस आध्यात्मिक शिविरको संयोजन पत्रकार तथा लेखक ज्ञानमित्रले गर्दै छन्।