काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी न्यूनतम मूल्य  ७०, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो लोकल ७०, गोलभेडा सानो लोकल  ४५, घिउ सिमी लोकल ४०, काउली स्थानिय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २५, हरियो फर्सी ४०, घिरौला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३४० रुपैयाँ, बन्दा लोकल ६०, गाजँर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ३०, न्यूरो ८०, रातो बन्दा प्रतिकेजी ३००, लोकल काक्रो १००, अदुवा प्रतिकेजी १६० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३५०, नासपाती ८०, आभोकाडो २००, कालो अंगुर ४५०, किवि ४००, हरियो खुर्सानी अकबरे १४० रुपैयाँ तथा रहु माछा ४००, छडी माछा २६०, बचुवा माछा ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनिया १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परवर ४०, गुन्दुक प्रतिकेजी २५०, बरेला १५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००,भेडे खुर्सानी ७०, शरीफा १५०, फूजी स्याँउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ८०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here