काठमाडौं, ४ असाेज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणकाे टोली सार्वजनिक गरिएकाे छ ।असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणकाे टाेली सार्वजनिक गरिएकाे हाे ।  परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत छन् ।   अमेरिकाबाट सिधै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here