काठमाडाैं – आउँदो सालको बैशाख १ गते अर्को नयाँ फिल्म पनि थपिएको छ । अभिनेत्री सुरक्षा पन्तको शिर्ष भूमिका रहेको फिल्म ‘बुलाकी’ले बैशाख १ गते आफ्नो प्रदर्शन मिती तय गरेको हो ।

लक्ष्मण सुनारको निर्देशन बनेको फिल्मलाई टोपेन्द्र बिष्टले निर्माण गरेका हुन् । फिल्ममा सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट, प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री लगायत अन्य कलाकारहरुकोे अभिनय छ ।

केही दिनमा टिजर रिलिज गर्दै बैशाख १ गते ‘बुलाकी’ रिलिज गर्ने आइतबार घोषणा गरिएको हो । उसो त बुलाकी यस अगाडी फागुन १९ मा रिलिज हुने चर्चा थियो । सो मितीमा अब दिपक दिपाको ‘छक्का पञ्जा ४’ र अनमोल केसीको ‘छड्के २’ लाग्दैछन् ।

बैशाख १ गते ‘नाईं नभन्नू ल ६’, ‘प्रसाद २’, ‘जारी’ र ‘बिहे पास’ ले यस अगाडी नै आफ्नो प्रदर्शन मिती तय गरिसकेका छन्। यी फिल्महरुसँगै सो मितीमा बुलाकी पनि थपिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here