मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न ठाउँबाट १९ जना जुवाडे पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मुगुले शनिबार (असोज २७) गते छायाँनाथ रारा नगरपालिकाको गमगढीबाट उनिहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बिरेन्द्र थापाले जुवा खेलबाट १९ जनालाई पक्राउ गरेको जानकारी दिए। उनले भने, ‘उहाँको नाम सबै कलेक्शनल म सँग छैन्। केहीको नाम गोप्य पनि राख्नुपर्ने हुन्छ।’

मुगुको गमगढीमा रहेको ग्रान्ड होटल र टप टाउन होटल गरेर फरक–फरक ठाउँबाट १९ जना जुवाडेलाई पक्राउ गरेको छ।

साथै प्रहरीले दुईवटाको समूहबाट गरेर उनिहरुको साथबाट ५७ हजार ७० रुपैयाँ र १३ हजार ६ सय ५० रुपैयाँ गरि जम्मा ७० हजार ७ सय २० रुपैयाँ नगद समेत जफत गरेको छ। प्रहरीले शनिबार साँझ ५ बजेदेखि ६ बजेको सयममा उनिहरुलाई पक्राउ गरेको जनाएको छ।

स्रोतका अनुसार जुवाखालबाट पक्राउ पर्नेमा १९ जनाभित्र छायानाथ रारा नगरपालिका–१४ का वडा अध्यक्ष जुनबहादुर खड्का पनि रहेका छन्। उनि केही दिन अगाडी छायानाथ रारा नगरपालिकाको कार्यबहाक नगरप्रमुख समेत बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here