काठमाडौँ । फिल्म ‘दयारानी’ निर्माण युनिटले फिल्मको एक पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । आगामी माघ २६ गतेबाट प्रदर्शनमा आउने भएको हो । 

सार्वजनिक पोष्टरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन देखिएका छन् । फिल्ममा पनि दयाहाङ र दीयाकै मुख्य भुमिका रहेको छ । फिल्मको निर्देशन अभिनेता माओत्से गुरुङले गरेका हुन् । माओत्सेको यो डेब्यु फिल्म हो ।  फिल्ममा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायतका कलाकारको अभिनय छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here