काठमाडौँ । गत शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पले पश्चिम नेपालले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ । भुकम्प प्रभावित क्षेत्रका नागरिकहरूका लागि कर्णाली प्रदेश सरकारले वित्तीय हस्तान्तरणका रूपमा बजेटको पठाएको छ ।
जाजरकोट, रूकुम पश्चिम र सल्यानका लागि कर्णाली प्रदेश सरकारले बजेटको पठाएको हो । भूकम्पमा परि १५३ जनाले ज्यान गमाएका छन् भने हजारौँ नागरिक प्रभावित भएका छन् ।
