काठमाडौँ । उपपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबिच भेटघाट भएको छ । शनिवार बिहान गृहमन्त्री श्रेष्ठ स्वकीय सचिव सहित बालेन निवास गैरीगाउँमा पुगेका थिए ।
बालेन पत्नी सबिना काफ्लेले एक फोटो सार्वजनिक गर्दै मन्त्री श्रेष्ठसँगको बिहानको खाना खाएको जानकारी गराएकी छिन् । फोटोमा मन्त्री श्रेष्ठकी स्वकीय सचिव कर्माचार्यले बालेनकी छोरी लिएकी छिन् ।


























