काठमाडौँ । उत्तर पूर्वी पेरिसको एक फ्ल्याटमा पाँच जनाको शव फेला परेपछि फ्रान्सको प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय मिडियाका अनुसार मृतकमा एक महिला र उनका चार छोराछोरी रहेका छन् ।उनीहरूको शव राजधानी पेरिसभन्दा ४१ किलोमिटर टाढा रहेको मोउ सहरमा भेटिएको प्रहरीको भनाई छ । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रहरीले ती परिवारका ३३ वर्षीय पितालाई खोजिरहेको छ । उनी हाल फरार रहेका छन् । 

पछिल्लो समय पेरिस क्षेत्रमा पारिवारिक हत्याकाण्डका घटना बढेका छन् । गत नोभेम्बरमा अल्फोर्टभिलमा एक ४१ वर्षीय पुरुषले आफ्ना ३ छोरीहरूको हत्या गरेका थिए । त्यसअघि अक्टोबरमा एक प्रहरीले भेमार्समा आफ्ना तीन छोरीको हत्यापछि आत्महत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here