सल्यान – सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ । बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको गोली लागेर मृत्यु हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए । घाइते चित्रबहादुरको उपचारका लागि सुर्खेत लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । गोली प्रहार गर्ने आइतेलाई प्रहरी पक्राउ गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here