काठमाडौँ । वैदेशिक रोजगारीमा मलेसिया गएका रौतहटका एक युवकको दुर्घटनामा परेर ज्यान गएको छ। मलेसियामा ट्रक दुर्घटनामा परी कटहरिया नगरपालिका ३ बड़का बरेडवा गाउँका २६ वर्षीय राकेश कुमार सोनारको ज्यान गएको हो।

मलेसिया स्थित कम्पनीबाट काम सकेर कोठामा फर्किने क्रममा गत जेठ १६ गते ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको पीडित परिवारले जनाएको छ। मृतकको को शव १० दिनपछि शनिबार साँझ नेपाल ल्याइ अन्त्येष्टि गरिएको छ। 

हिन्दु परम्परा अनुसार लाल बैकया नदी किनारमा उनको दाहसंस्कार गरिएको कटहरिया ३ का वडाअध्यक्ष श्यामान्त यादवले बताए। मलेसिया स्थित नेपाली राजदूतावासले उनी काम गर्ने कम्पनीबाट  क्षतिपूर्तिका लागि पहल गरिदिन मृतक राकेशको परिवारले आग्रह गरेको छ। पछिल्लो एकवर्ष देखि उनी मलेसियामा कार्यरत  थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here