काठमाडौं । तनहुँ १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेसँग निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै वाग्लेसँग आयोगले स्पष्टीकरण सोधेको हो ।
निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी सामाजिक सञ्जालमार्फत रवि लामिछानेको स्टाटस शेयर गरी मतदाता प्रभावित पार्ने हतकण्डा अपनाएको भन्ने उजुरी प्राप्त भएको सन्दर्भमा निजसँग सो सम्बन्धमा आचारसहिंता प्रतिकूल हुने गरी मतदाता प्रभावित पार्ने कार्य गर्नुभएको हो होइन रु अनि २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न लगाउने भनी जिल्ला आचारसंहिता अनुगमन समितिबाट निर्णय भएको हुँदा मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौली तनहुँमा आफै वा प्रतिनिधिमार्फत उपस्थित भई स्पष्टीकरण पेस गर्नुहुन निर्णयानुसार अनुरोध छ, पत्रमा लेखिएको छ ।
प्रचारप्रसार निषेधको अवधिमा आइतबार सामाजिक सञ्जालमार्फत रास्वपा सभापति रवि लामिछानेको स्टाटस सेयर गरी मतदाता प्रभावित पार्ने काम गरेको उजुरी परेपछि निर्वाचन आयोग जिल्ला संहिता अनुगमन समिति तनहुँले वाग्लेलाई कारण पेस गर्न भनेको हो ।


























