काठमाडौं । सन्दीप लामिछाने एसिसी प्रिमियर कप प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । मंगलबार सम्पन्न फाइनलमा सन्दीप प्रतियोगिताकै उत्कृष्ट खेलाडी बनेका हुन् ।
प्रतियोगितामा सन्दीपले ५ खेल खेल्दै १३ विकेट लिएका छन् । उनी सबैभन्दा बढी विकेट लिने खेलाडीहरूको सूचीमा दोस्रो रहे । उनले कतारविरुद्धको समूहचरणको म्याचमा उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जिताएका थिए ।
मंगलबार भएको फाइनलमा घरेलु टोली नेपालले यूएईलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । यससँगै नेपालले एसिया कपमा स्थान बनायो ।
क्जबचभ त्जष्कस्


























