काठमाडौँ । हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका-३ बस्ने ४३ वर्षीय अजय कुमार साह रहेका छन् । 

वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका-६ रूङटा कम्प्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रुपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका सञ्चालक अजय कुमार समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here