Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडौँ । गायक–गायिका नकुल थापा, विष्णु थापा, राधिका गिरी र शान्ति पोखरेलको स्वर रहेको लोकदोहोरी गीत ‘चरी वनमा’ सार्वजनिक भएको छ । नकुल थापाको लय र विष्णु थापाको शब्द गीतमा छ । राधिका गिरी र शान्ति पोखरेलको संयुक्त प्रस्तुतिमा तयार भएको गीतको भिडियो धर्मस्थलीका विभिन्न आकर्षक स्थानमा छायाङ्कन भएको छ ।

भिडियोमा चन्द्रकुमार श्रेष्ठ र कौशिला कार्कीको अलावा बाल कलाकार निश्चलजंग थापा र गृष्मा थापा मगरको अभिनय छ । भिडियोमा गायक गायिकालाई पनि लाइभ दोहोरी शैलीमा फिचर्ड गरिएको छ ।हुम गैरेको निर्देशन तथा सम्पादन रहेको भिडियोमा विकास भारतीको कोरीयोग्राफी, डेनिसको छायाँंकन छ ।  

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here