काठमाडौँ । अभिनेता जीवन गिरी विवाह बन्धनमा बाँधिएका छन् । उनले मोडल सकी इटानीसँग शुक्रबार लगनगाँठो कसेका हुन् । जीवन र सकीको विवाह समारोह चाबहिल आनन्द मार्गस्थित सूर्य इभेन्टमा जारी छ । परम्परागत शैलीमा आयोजित विवाहमा उनका साथीभाइ, आफन्त लगायत सहभागी छन् । काभ्रेका जीवन र चितवन निवासी सकीले केही वर्षको प्रेम विवाहमा परिणत गरेका हुन् ।

यी दुवैको भेट अभिनय सिलसिलामा भएको थियो । दुवैको अभिनय रहेको पछिल्लो म्युजिक भिडियो ‘जीवन साथी’ हो । जुन केही महिना अगाडि सार्वजनिक भएको थियो । फिल्म ‘एउटा साथी’ बाट अभिनय डेब्यु गरेका जीवनले केही फिल्म, विज्ञापन चलचित्र  र थुप्रै म्युजिक भिडियो अभिनय गरेका छन् । सकीले पनि आधा दर्जन बढी भिडियो अभिनय गरेकी छन् । विवाहको रिसेप्सन पार्टी १५ शनिबार जीवनको निजी निवास काभ्रेमा आयोजना गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here